काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँ तोकिएको छ । शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबारका लागि छापावाला सुन प्रति १० ग्रामको मूल्य भने १ लाख ६५ हजार ९८० रुपैयाँ तोकिएको छ ।
महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ घटेको छ । आइतबार चाँदी प्रतितोला २ हजार २९० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदी प्रति १० ग्रामको मूल्य भने १ हजार ९६३ रुपैयाँ ५० पैसा तोकिएको छ ।

