हेयर एण्ड शान्ती सैलुनमा एनआईसी एशिया बैंकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् ।

एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रालिबीच भएको समझौताअनुसार, बैंकका ग्राहकले डिजिटल माध्यमबाट भुक्तानी गर्दा सैलुनका विभिन्न शाखाबाट छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, उक्त छुट सेवा देशका विभिन्न स्थानमा रहेका सैलुनका शाखामा लागू हुनेछ । नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरको आईप्लेक्स मल, ठमेलको छायाँ सेन्टर, जावलाखेलको मिनिसो बिल्डिङ, कमलादीको सिद्धार्थ कम्प्लेक्स, सामाखुसीको सिटी स्वायर सेन्टर, महाराजगञ्जको भाटभटेनी सुपरमार्केट, हेटौंडाको भाटभटेनी र गणेश बिल्डिङ, नारायणघाटको जोशी भवन र वीरगन्जको रुङ्टा मलमा रहेका शाखाबाट सेवा लिँदा छुट प्राप्त हुनेछ ।

ग्राहकहरूले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड, वा मोबैंक एप प्रयोग गरी डिजिटल रूपमा भुक्तानी गरेपछि छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले डिजिटल भुक्तानी प्रवद्र्धन गर्न र ग्राहकलाई थप सुविधा दिन सम्झौता गरिएको जानकारी दिएका छन् । उनका अनुसार, यो सहकार्यले डिजिटल कारोबारतर्फ ग्राहकको आकर्षण बढाउन मद्दत पुर्याउने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार