‘प्रचण्ड’ र माधवकुमार नेपालबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवासमा भएको उक्त भेटघाटमा मुलुकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो ।

वामपन्थी धुर्वीकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा, कम्युनिष्ट शक्ति एकताबद्ध गर्न भएका प्रयास, अन्तर्राष्ट्रिय तहमा शक्तिराष्ट्रबीच भएका युद्ध र त्यसको प्रभाव तथा सरकारको कार्यशैलीबारे छलफल भएको एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । दुई पार्टीका अध्यक्षबीचको भेटघाटमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच भएका सहकार्य तथा एकताको सम्भावना, सैद्धान्तिक आधार र प्रक्रियागत विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार