आज ५ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन् ।

दिउँसो १ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।  बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आव २०८२/८३–२०८६/८७) को मस्यौदाका सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने कार्यसूची छ ।

बिहान १० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनहरूमाथि संशोधनकर्तासँग छलफल गरिनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ का विषयमा सरोकारवालासँग अन्तक्र्रिया गरिने कार्यक्रम तय गरिएको छ।

बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समिति बैठकमा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरूसँग छलफल गरिनेछ।बिहान ११:३० बजे बस्ने विधायन व्यवस्थापन समिति बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार