काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको १०० कित्ता संस्थापक शेयर प्रति कित्ता तीन सय चालिस रुपैयाँ मा विक्रीमा रहेको छ । बिक्रिमा रहेको सो शेयर खरिद गर्नका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने कानूनी व्यवस्था भएकोले सर्वप्रथम बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त शेयर खरिद गर्ने ३५ दिने सूचना प्रकाशन गरिएकोमा उक्त अवधिमा विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै आवेदन प्राप्त नभएकोले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम अन्य व्यक्ति/ संस्थाहरुले समेत खरीद आवेदन दिन सक्ने गरी यो सूचना प्रकाशन बैङ्कले उल्लेख गरेको छ ।
उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक तथा नेपाल राष्ट्र बैंकले संस्थापक हुनको लागि निर्धारण गरेको योग्यता भएका व्यक्ति/ संस्थाले ७ दिन भित्र बैंकको कर्पोरेट कार्यालय, कमलादी काठमाडौंमा उल्लेखित १०० कित्ता संस्थापक शेयर खरीद गर्ने दरभाउ न्युनतम प्रति शेयर कित्ता ३ सय ४० नघट्ने गरि निवेदन पेश गर्नुपर्नेछ । बिक्रिमा रहेको उल्लेखित संस्थापक शेयर बढी दरभाउ तोकि आवेदन दिनेलाइ बिक्री गर्ने बैङ्कले जनाएको छ ।

