CLI

सिन्धुलीबाट हराएका १६ जनाको हायु परिवार भेटिए कास्कीको गगनगौँडामा

काठमाडौं ।  सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ बागेश्वरका १६ जनाको हायु परिवार कास्कीको पोखरा महानगरपालिका स्थित गगन गौँडामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले उनीहरु गगन गौँडामा रहेको जानकारी आएको बताए।

शनिबार राति पोखराकै होटल जननीमा बसेका उनीहरु आइतबार बिहानै होटलबाट हिँडेका थिए।

त्यसपछि खोजी गर्ने क्रममा अहिले गगन गौँडामा रहेको जानकारी आएको एसपी ओलियाले बताए

पोखरा महानगरपालिका वडा नं ३० का चन्द्र भण्डारीको घरमा चारजना र सोमनाथ पौडेलको घरमा बाँकी १२ जना रहेका प्रहरीले जनाएको छ।

अहिले प्रहरी टोली त्यहाँ पुगेर ल्याउने तयारी गरिरहेको छ।

कास्की प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुलीसँग समन्वय गरी उनीहरूको नाम रुजु गर्ने काम गरिएको छ।

यी हुन् बेपत्ता भएकाहरू
१) वर्ष ५२ की उर्मिला हायु (आमा)
२) वर्ष २७ की कमला हायु (छोरी)
३) वर्ष २३ की कोमल माया हायु (बुहारी)
४) वर्ष २२ की उषा हायु (छोरी)
५) वर्ष १९ की सुजता हायु (छोरी)
६) वर्ष १८ की अस्मिता हायु (छोरी)
७) वर्ष १२ की सान्ता हायु (छोरी)
८) वर्ष २९ को राजु हायु (छोरा)
९) वर्ष २४ को हिमाल हायु (छोरा)
१०)वर्ष १६ को लाल बहादुर हायु ( छोरा)
११) वर्ष १४ को बेग बहादुर हायु ( छोरा)
१२) वर्ष ११ को लक्की हायु (छोरा)
१३) वर्ष १२ को सुवर्ण हायु (छोरा)
१४) वर्ष १० की ओम कुमारी हायु (छोरी)
१५) वर्ष १ को अर्जुन हायु (नाती)
१६) वर्ष ४ की रियासा हायु ( नातिनी)

Leave Your Comment

Related News