मन्त्री दाहालद्वारा सुरुङ मार्ग निरीक्षण

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थलगत जानकारी लिएका छन् । मंगलबार बिहान सडक विभागका अधिकारीहरु सहित उनले सुरुङ मार्गको निरीक्षण गरेका हुन् । त्यसक्रममा उनले बाकी काम छिटो सकेर संचालनको तयारी गर्न निर्देशन दिएका छन्  । सडक विभागका महानिर्देशक बिजय जैशीले सुरुङ्ग मार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेको स्थानमा केही काम भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार