काठमाडौं । आरम्भ चौतारी, कालिका र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार आरम्भले १२ महिनामा ९ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १३ हजार ७८५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले ६८ लाख नाफा कमाएको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी २८ करोड ७ लाखबाट बढेर ३७ करोड २ लाख रुपैयाँ पुगेको छ । साथै, यसले २ करोड ३८ लाख रुपैयाँ इम्पुरमेन्ट चार्ज रिभर्स पनि गरेको छ । ब्याज आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा सुधार आएको हो ।
३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १५ करोड ४१ लाख जम्मा छ । १२ महिनासम्म आइपुग्दा यस संस्थाको प्रतिसेयर आम्दानी २५.७२ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १५६.१८ रुपैयाँ छ । एनपीएल २.१३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष एनपीएल ४.२१ प्रतिशत थियो ।
त्यस्तै, कालिका लघुवित्तले १२ महिनामा १० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३६.४२ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले ७ करोड ९२ लाख नाफा कमाएको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी २५ करोड ३५ लाखबाट बढेर ३८ करोड १० लाख रुपैयाँ पुगेको छ । ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।
४० करोड ७६ लाख ९२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड ८३ लाख जम्मा छ । १२ महिनासम्म आइपुग्दा यस संस्थाको प्रतिसेयर आम्दानी २६.५१ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १८६.४४ रुपैयाँ छ । एनपीएल ४.६७ प्रतिशत कायम भएको छ । यसको लाभांश वितरण क्षमता १५.१९ प्रतिशत छ ।
यता, हिमालयन लघुवित्तले १२ महिनामा ९ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यो संस्था घाटामा थियो । लघुवित्तको खुद ब्याज आम्दानी २२ करोड २७ लाखबाट बढेर ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ । ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो । त्यस्तै, संस्थाले ३० लाख बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स पनि गरेको छ ।
३१ करोड ९८ लाख १८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड ९२ लाख जम्मा छ । १२ महिनासम्म आइपुग्दा यस संस्थाको प्रतिसेयर आम्दानी २८.७० रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १४८.१६ रुपैयाँ छ । एनपीएल ५.३३ प्रतिशत कायम भएको छ । यसको लाभांश वितरण क्षमता १९.७६ प्रतिशत छ ।

