RE
Global College

सातापछि सुनको मूल्य बढ्यो,आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साउन एक सातापछि आज सुनको मूल्य बढेको छ।

चारदिन घटेर दुई दिन स्थिर रहेको सुनको मूल्य आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको मूल्य प्रतितोला एक हजार चारसय रुपैयाँ बढेको हो। हिजो प्रतितोला ६ सय रुपैयाँ घटेर सुनको भाउ एक लाख ९३ हजार रुपैयाँ कायम भएको थियो।

आज सुनको मूल्य एक लाख ९४ हजार चारसय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि गएको आइतबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ घटेको थियो भने शुक्रबार पाँचसय र बिहीबार दुई हजार चारसय रुपैयाँ घटेको थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि बढेको छ।  चाँदी प्रतितोला ५ रुपैयाँ बढेर दुई हजार तीनसय १० रुपैयाँ कामय भएको महासंघले जनाएको छ।

NECO

Leave Your Comment

Related News