हिमालयन ८०-२० को न्याभ १३.२५ रुपैयाँ, नाफा कति ?

काठमाडौं ।  हिमालयन म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हिमालयन ८०-२० को न्याभ असार मसान्तसम्म आइपुग्दा १२.८२ रुपैयाँबाट बढेर १३.२५ रुपैयाँ पुगेको छ । यस फन्डले असारमसान्तसम्म ९६ करोड ८३ लाख रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ । जेठमा यसले ९० करोड ५३ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यो फन्डको बैंक मौज्दात भने १४ करोड २७ लाखबाट घटेर १० करोड १८ लाख कायम भएको छ । असारमा फन्ड २७ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । जेठमा यो फन्ड २३ करोड २६ लाख रुपैयाँ नाफामा रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार