काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने तर्फ ठोस प्रगति गर्न रुसलाई १० दिनको समयसीमा घोषणा गरेका छन् । उनले समयसीमा पालन गर्न असफल भएमा नयाँ प्रतिबन्धहरु लगाइने चेतावनी दिए ।
स्कटल्याण्डबाट संयुक्त राज्य अमेरिका फर्कने क्रममा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले मङ्गलबारदेखि १० दिनभन्दा कम समयमा युद्धविराम हुनुपर्नेछ । ट्रम्पले रुस र युक्रेनबीचको द्वन्द्व छिटै अन्त्य गर्नुपर्ने विषयमा जोड दिँदै समयसीमा ५० बाट घटाएर १० बनाएको उल्लेख गरे ।
यद्दपी उनले अझै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट कुनै प्रतिक्रिया नपाएको उल्लेख गरेका छन् । उनले यदि थपिएको समय सिमा भित्र कुनै प्रगति नभए अमेरिकाले मस्कोमा थप शुल्क र दण्डात्मक उपायहरु अबलम्बन गर्ने बताए ।
संयुक्त राज्य अमेरिकाले अवरोधलाई कम गर्न र विश्वव्यापी ऊर्जा बजारमा सम्भावित असरलाई सम्बोधन गर्न घरेलु तेल उत्पादन बढाउने ट्रम्पले बताए । रुसले सन् २०२२ फेब्रुअरी मा युक्रेनविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । किएभले भने द्वन्द्व अन्त्य गर्ने सर्तको रुपमा पश्चिमी सैन्य गठबन्धनमा सामेल हुने महत्वाकाङ्क्षा त्याग्ने मागलाई आफ्नो सार्वभौमिकताको स्पष्ट उल्लङ्घन भनि दृढतापूर्वक अस्वीकार गरेको छ ।

