नाडा नेतृत्व र यातायात व्यावस्था बिभागका बिच सवारी आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२, माथि छलफलल

काठमाडौं ।  सरकारले ल्याउन लागेको सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ सम्वन्धमा  नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल छलफल गरेको छ ।  प्रतिनिधिमण्डलले  विभागले ल्याउन लागेको सवारी साधन आयात उत्पादन तथा जडान सम्बन्धि निर्देशिका २०८२ का सम्बन्धमा छलफल गरेको  छ  ।

छलफलमा विशेषगरी सवारी आयात, उत्पादन र जडान, नेपालमा यातायात व्यवसायी महासंघको माग सम्बन्धमा विद्युतिय सवारी साधनहरुको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर, चार्जिङ्ग स्टेसनको व्यवस्था गरेर मात्र आयात गर्न पाउने माग, सवारी साधनमा ईम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने, प्रयोग भएका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन, डुप्लिकेट सर्टिफिकेसन, डकुमेन्टेसन, छाप र लोगो प्रयोग, मोटर क्षमता र सिट संख्यामा भएको विवाद, भन्सार महसुल निर्धारणको लागि आधारहरूको सिफारिस, ट्याक्सीमा प्रयोग हुने सवारी साधनहरू व्यक्तिगत सवारीभन्दा महँगो भएको ट्याक्सी व्यवसायीको गुनासो र आयात हुने सवारीमा न्एक् अनिवार्य गर्ने लगायतका विषयहरूमा छलफल गरिएको सहभागीले जनाएका छन् ।

छलफलमा नाडाका अध्यक्ष चौधरीले सो निर्देशिकाको विषयमा बुँदागत छलफल माग गरेको जनाउदै निर्देशिकाका सम्बन्धमा नाडामा विस्तृत छलफलगरी सुझाव पठाउने बताउनु विभागले छलफलका लागि नाडालाई निमन्त्रणा गरेकोमा आभार प्रकट गरेका थिए ।

छलफलमा नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सो निर्देशिकामा रहेका केही बुँदाहरु नेपालको सन्दर्भमा व्यावहारिक बनाउनु पर्ने र कतिपय जटिल विषयहरुमा थप छलफलको आवश्यकता रहेको उल्लेख गरेका छन् ।

छलफल कार्यक्रममा  विभागका महानिर्देशक पोखरेलले सवारी साधन आयात उत्पादन तथा जडानका सम्बन्धमा नेपालमा कुनै स्पष्ट नीति नियम नभएको सन्दर्भमा यो निर्देशिका ल्याउन लागेको भन्दै यसका लागि विभिन्न चरणमा छलफल हुने बताएका थिए । सोही छलफलको क्रममा उनले सरकारले व्यवसायीहरुका लागि विभिन्न व्यवधानहरु सिर्जना गर्ने गरेको आम बुझाई रहेको भए पनि अव सरकार व्यवसायीहरुको परिपुरकको रुपमा उभिने र देशको आर्थिक विकासमा नीजिक्षेत्रको ठूलो भूमिका हुने उललेख गरे  ।

छलफलमा नाडाले राखेका बिषयमा नाडासंग सहकार्य गरेर अघि बढने बताउनु हुदै सहि समयमा सही छलफल भएको धारणा राखेका थिए । छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारी साधन आयात आयात हुने सम्बन्धी व्यवस्थाहरुका सम्बन्धमा बैठकलाई विस्तृत रुपमा जानकारी गराएका थिए । छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार