काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीले १२ महिनामा ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष लघुवित्तले ३ करोड २१ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी २५ करोड ६७ लाखबाट बढेर ३६ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यता, इम्पेरमेन्ट चार्ज भने घटेको छ । ब्याज आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार आएको हो ।
असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १२ करोड ४१ लाख रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ३३.५७ रुपैयाँ रहेको छ।
३६ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २९ करोड ८९ लाख रुपैयाँ जम्मा रहेको छ ।
यसको प्रतिसेयर आम्दानी ३०.९६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २१४.३९ रुपैयाँ छ ।

