कजारियाको शोरूम ,काभ्रेपलान्चोकमा बिस्तार

काठमाडौं । टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै बनेपा, काभ्रेपलान्चोकमा शाखा बिस्तार गरेको  छ। यो  शो रुम बनेपा मार्भल प्यालेस द्वारा सञ्चालित छ । सो शाखाको उद्घाटन बनेपा नगरपालिका प्रमुख  शान्ति रत्न शाक्य को उपस्थिति थियो । कार्यक्रममा, कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भुषण तिवारी उपस्थित थिए ।

शाका कार्यलयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शान्ति रत्न शाक्यले कजारियाले नयाँ शोरूमको  बनेपामा खुलेकोमा गर्ब लागेको बताए उनले भने , “कजारिया जस्तो प्रतिष्ठित ब्रान्ड बनेपामा आउनु हाम्रो शहरका लागि गर्वको कुरा हो। यस नयाँ शोरुमले हाम्रो क्षेत्रमा बढ्दो सम्भावनाको प्रतिबिम्ब देखाउँछ र स्थानीय समुदायको गुणस्तरीय पूर्वाधार तथा डिजाइन आवश्यकतामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

शो शाखा बनेपाको प्रमुख क्षेत्र उग्रचण्डी पेट्रोल पम्प पछाडि अवस्थित छ सजिलो पहुँच र सुविधा सुनिश्चित गर्ने कम्पनीले उल्लेख गरेको छ । यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाने कम्पनील उल्लेख गरेको छ ।

कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना स्थापित गरेको छ। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले ३,००० भन्दा बढी विशेष डिजाइन  उत्पादन गर्दै आएको छ ।

कम्पनीका नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी डिलरहरूको नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ।

कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०x१२० सेमी, ६०x६० सेमी, १९.५x१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४०x४० सेमी) र सिरामिक वाल टाइल्स (३०x६० सेमी, ३०x४५ सेमी) उपलब्ध रहेका छन्।

सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी रहेको कम्पनीको दाबी रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार