संघीय संसद् अन्तर्गत ४ संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्त्गत प्रतिनिधिसभा र राष्ट्रिय सभा गरि ४ वटा संसदीय समितिको बैठक आज बस्दै छ आज बैठक बस्न लागेका समितिमा प्रतिनिधिसभा अन्त्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिरहेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको   कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा संघ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालय, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, भूमि, वन तथा कानून क्षेत्रका विज्ञ व्यक्तित्वहरुसँग छलफल गर्ने छ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूचि रहेको छ ।

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत बिधेयक २०८१, माथि दफावार छलफल गर्नेछ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको वैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका योजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या समाधानका लागि भएका प्रयास र स मितिसँगको अपेक्षाको बिषयमाछलफल गर्ने कार्यसूची रहेको छ ।

संघिय संसद् अन्तर्गत प्रतिनिधिसभाको वैठक श्रावण १९ गते ११.१५ बजे र राष्ट्रिय सभाको वैठक श्रावण २३ गते १ बजेलाई तोकिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार