नेपाल प्रहरीको आधिकारिक यि ६ वेबसाइट र मोबाइल एप चलाउन ब्यालेन्स नचाहिने

काठमाडौं । नेपाल प्रहरीले अनलाइन मार्फत सर्वसाधारणलाई प्रदान गर्दै आईरहेको सेवाहरु अब नेपाल दूूरसंंञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेड मार्फत जिरो ब्यालेन्समा समेत निशुुल्क उपयोग गर्न सकिने भएको छ ।

प्रहरीले एक सूचना जारी गर्दै  वेबसाइट र मोबाइल एपहरू सिमकार्डमा ब्यालेन्स नभए पनि चलाउन मिल्ने भएको जानकारी गराएको हो ।
नेपाल प्रहरीका ६ ओटा डोमेन तथा सब(डोमेनहरू शून्य ब्यालेन्समै निस्शुल्क एक्सेस गर्न सकिने सुविधा उपलब्ध गराइएको  छ।

अब ब्यालेन्स नहुँदा वा कुनै इन्टरनेट प्याकेज सक्रिय नभए पनि नेपाल टेलिकम र एनसेलका मोबाइल प्रयोगकर्ताले प्रहरीका अनलाइन सेवाहरू प्रयोग गर्दा डेटा शुल्क लाग्दैन ।

  यि ६ वेबसाइट र मोबाइल एप चलाउन ब्यालेन्स नचाहिने भएको छ

१, नेपाल प्रहरीको आधिकारिक वेबसाइट  (www.nepalpolice.gov.np)
२, अनलाइन प्रहरी चारित्रिक प्रमाण(पत्र प्रणाली (opcr.nepalpolice.gov.np)

३,नेपाल प्रहरी मोबाइल एप

४,हराएका कागजात सम्बन्धी आवेदन (Idims.nepalpolice.gov.np)

५,हराएका सवारी साधन सम्बन्धी आवेदन (lvims.nepalpolice.gov.np)

६, अनलाइन भर्ना छनौट प्रणाली  (careers.nepalpolice.gov.np)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार