काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेको हो।
नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ३ हजार ४ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ।
अघिल्लो साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँ रहेको थियो
आज चाँदी प्रतितोलामा १५ रुपैयाँ बढेर २ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको।
चाँदी गत शुक्रबार २ हजार २३५रुपैयाँमा खरिदबिक्री भएको थियो।

