काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक निर्माण र विस्तारसँगै सडक सुरक्षा चुनौती बनी रहेको बताएका छन् । आइतबार ललितपुरमा नेपाल अटोमोबाइल एसोसिएसन नेपाल – नासाले आयोजना गरेको अटोमोबाइल तथा मोबिलिटी पोलिसी बारेको २ दिने कार्यक्रमको समापन समारोहमा उनले सडक संजाल विस्तारको क्रममा सडक सुरक्षाको विषयलाई अनिवार्य समेटिने गरेको पनि बताए ।
नेपालको भौगोलिक तथा धरातलिय विशिस्टताका कारण पनि सडक सुरक्षाको विषयमा सम्झौता गर्न नहुने मन्त्री दहालले बताए । सडक सुरक्षालाई कानुनी रुपमा स्थापित गर्न सडक सुरक्षा ऐन बनाउने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । कार्यक्रममा मोरङका शेखरचन्द्र राइलाइ सडक सुरक्षा अवार्ड प्रदान गरियो ।
२ दिनको कार्यक्रमको अवधिमा विभिन्न कार्यपत्रहरु माथि छलफल भएको आयोजक सस्थाका कार्यकारी निर्देशक गोविन्द भट्टराईले जानकारी दिए । सोहि कार्यक्रममा मन्त्री दहालले नेपालमा विद्युतिय सवारीको बारेमा शुरु हुने अनुसन्धानको शुभारम्भ पनि गरे ।

