काठमाडौं । साताको दोश्रो कारोबारको दिन सोमवार सुनको मूल्यमा वृद्धि भएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १०० रुपैयाँले बढेर १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला २ हजार २५५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

