काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौंको नयाँ बानेश्वर स्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले प्रदान गर्ने स्वास्थ्य सेवा शुल्कमा विशेष छुट प्राप्त गर्ने नभएका छन् । यस बैंकमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा र औषधि खरिदमा लाग्ने शुल्कहरूमा ७ प्रतिशत देखि २० प्रतिशतसम्म छुट पाउने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रा. लि.को तर्फबाट ल्याव निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरेका हुन् ।
नेपाल बैंकका कर्मचारी र ग्राहकले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर विशेष छुट पाउने


