केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेल बीचभेटबार्ता

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिती -CNI_का सभापति, तथा  नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेल बिच बिदेशी प्रतक्ष्य लगानी भित्र्याउन आवश्यक रणनिती छलफल भएको छ ।

छलफलमा उत्पादनशील छेत्रहरु र प्रविधी स्थानन्तरणहरुमा रेमिटान्स लगानीलाई  समर्थन गर्न औपचारिक नेटवर्कहरुको स्थापना गर्ने , साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र अध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने बिषयमा छलफल भएको टण्डनले बताएका छन् ।

छलफल कार्यक्रममा राजदुत पौडेलले पोर्चुगलमा रहेका नेपालीहरुका समस्या समाधान का लागि आफु लागि परेको  र नेपाली आप्रवासीहरुको कल्याण र अधिकार सुनिश्चित गर्ने कार्य भैरहेको साथै पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्ने प्रभावकारी योजना बनिरहेको बताएका थिए  पोर्चुगलमा रहेको नेपाली मिसन र सीएनआई बीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको जनाइएको छ  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार