काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा आजबाट ‘नाइमा’ नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज बिहान ९ बजे एक्स्पोको उद्घाटन गरेका छन् ।
५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरुको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुँन लागेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले जनाएको छ ।

