काठमाडौं । हाईलाइफ एग्रो एन्ड फुड्स इन्डस्ट्रिजले तत्काल आइपीओ नल्याउने भएको छ । कम्पनी हाल घाटामा रहेको र लाभांश दिनसक्ने सम्भावन नरहेको कारण यसले आइपीओ नल्याउने भएको कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले बताएका छन् । उनले एक कार्यक्रममा बोल्दै संस्थाले जबसम्म सेयरधनीलाई लाभांश दिन सक्षम हुँदैन तबसम्म आइपीओ नआउने बताए ।
उनले भने, ‘यस कम्पनीको चुक्ता पुँजी ६० करोडको रुपैयाँ बराबर छ । यो ब्रान्ड स्थापना गर्न धेरै पैसा लगानी भएको छ । तर, कम्पनी नोक्सानी मै छ । जुन समयदेखि कम्पनीले सयेरधनीलाई उपयुक्त लाभांश दिन सक्षम हुन्छ, तब मात्र आइपीओमा जारी हुनेछ ।
हाइलाइफ एक नेपाली खाद्य उत्पादन कम्पनी हो । यसले खाद्य वस्तुहरु जस्तै ओटमील, मुसली, चोको फ्लेक्स, सोया चंक्स, कर्नफ्लेक्स र चिउरा—उत्पादन गर्दछ । कम्पनीको मुख्य उद्देश्य गुणस्तरीय र पौष्टिक खाना नेपाली उपभोक्तालाई पुर्याउनु हो । हाइलाइफले नेपालभित्र व्यापक रुपमा वितरण सञ्जाल विस्तार गरिसकेको छ र विदेशतर्फ पनि निर्यातसमेत सुरु गरिसकेको छ ।

