काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.२९ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी ८८ करोड १६ लाखबाट बढेर १ अर्ब ५ करोड पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।
१ अर्ब ४१ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७१ करोड १४ लाख रुपैयाँ जम्मा छ । प्रतिसेयर आम्दानी १५.२३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५८.११ रुपैयाँ रहेको छ । यसको लाभांश वितरण क्षमता ७.९७ प्रतिशत छ ।


