सान्भी अटो लिङ्कको नयाँ बानेश्वरमा टीभीएसको शोरुम सञ्चालनमा

काठमाडौं । सान्भी अटो लिङ्कले नयाँ बानेश्वर, काठमाडौंमा आफ्नो नयाँ टीभीएस शोरुम उद्घाटन गरेको छ। जेठ १० गते भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा हास्य कलाकार सन्दिप क्षेत्री र भक्तपुर क्षेत्र नम्बर २ का सांसद दुर्लभ थापाले रिबन काटेर शोरूमको उद्घाटन गरेका हुन्।

व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टीभीएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटो लिङ्कका संचालक श्रीकृष्ण थापाले जनाएका थिए । उपभोक्ताहरुको मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यको साथ संचालन भएको सान्भी अटो लिङ्कको नयाँ शोरुमले टिभिएस बाईक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार लगायतका सेवाहरू प्रदान गर्ने लक्ष्य राखिएको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार