व्यवसायीहरुले एक वर्षमा ८ वटा हेलिकप्टर नेपाल ल्याए, २ अर्ब २२ करोड बढी खर्चिए

काठमाडौं । नेपालमा विदेशबाट २ अर्ब बढीको ८ वटा हेलिकप्टर ल्याइएको छ । अर्थ मन्त्रालयका अनुसार २ अर्ब २२ करोड ८९ लाख ५८ हजार खर्च गरी ८ वटा हेलिकप्टर नेपाल ल्याइएको हो । तौल २ हजार किलोग्राम रहेको उक्त हेलिकप्टर भने गत आर्थिक वर्षमा ल्याइएको हो ।

मन्त्रालयका अनुसार गत आवको जेठमा मात्रै १ अर्ब ९३ करोड ५३ लाख ३७ हजार खर्च गरेर ६ वटा हेलिकप्टर ल्याइएको हो ।
मन्त्रालयका अधिकारीहरुका अनुसार उक्त हेलिकप्टरहरु निजी कम्पनीहरुले भित्राएका हुन् । नेपालमा करिब एक दर्जन हेलिकप्टर कम्पनीहरुले सेवा दिइरहेका छन् । नेपालमा एयर डाइनेष्टी, अल्टिट्युड, फिस्टेल, हेलि एयरभेष्ट, कैलास, मनाङ, प्रभु, श्री सिम्रिक एयर लगायतका हेलिकप्टर कम्पनीले सेवा दिदै आएका छन् । हेलिकप्टर सोसाइटी अफ नेपालका अनुसार करिब एक दर्जन हेलिकप्टर कम्पनीसँग हाल ३३ वटा हेलिकप्टर छ ।

हेलिकप्टरले विशेष गरी हिमाल आरोहणमा उद्धार, सरसामग्री ओसारपसार लगायतका सेवाका लागि उडान भर्ने गरेको छ । यसका साथै आपत्तकालित उद्धार तथा स्वास्थ्यउपचारको लागि समेत उडान भर्ने गरेको छ । नेपाली हेलिकप्टर कम्पनीहरु सर्वाधिक व्यस्त हुने समय वषन्तकालीन हिमाल आरेहणको सिजन हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार