नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी सेवा प्रदायकलाई दिशानिर्देश जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अगस्त २०२५ मा भुक्तानी सेवा प्रदायकहरू (PSPs) का लागि “वित्तीय प्रतिबन्ध (TFS) सम्बन्धी दिशानिर्देश” जारी गरेको छ । भुक्तानी सेवा प्रदायकको अनुमतिपत्रप्राप्त संस्थाहरुको लागि सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) नियमावली, २०८१ को परिच्छेद-६ को नियम ६९ को उप-नियम (३) मा भएको व्यवस्था अनुसार दिशानिर्देश जारी गरेको हो ।

यो दिशानिर्देशले संयुक्त राष्ट्र सुरक्षा परिषद् (UNSC) को संकल्पहरू र नेपालको घरेलु आतंकवादी सूचीअनुसार आतंकवाद, आतंकवादी वित्तीयन (TFS-TF), र हतियार प्रसार वित्तीयन (TFS-PF) रोक्न भुक्तानी सेवा प्रदायकहरूलाई स्पष्ट मार्गदर्शन प्रदान गरेको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को धारा ४१ अनुसार केही प्रतिबन्धहरूले तोकिएका व्यक्ति, समूह, वा संस्थाहरूलाई रकम, वित्तीय सम्पत्ति, वा आर्थिक स्रोतहरू उपलब्ध हुन नदिन सम्पत्ति रोक्का र वित्तीय सेवा प्रदानमा निषेधजस्ता उपायहरू समावेश गर्छ ।

युएन र गृह मन्त्रालयद्वारा प्रकाशित घरेलु आतंकवादी सूचीमा रहेका व्यक्तिहरूको सम्पत्ति रोक्का गरी उनीहरूको गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्न यो दिशानिर्देश केन्द्रित रहेको बैंकले जनाएको छ ।

भुक्तानी सेवा प्रदायकहरूको दायित्व दिशानिर्देशले भुक्तानी सेवा प्रदायकहरूलाई TFS प्रभावकारी रूपमा कार्यान्वयन गर्न चार प्रमुख दायित्वहरू तोकेको छ । पहिलो, PSPs ले UN समेकित सूची ([email protected]) र गृह मन्त्रालयको TFS पोर्टल (https://tfs.moha.gov.np/auth/login) मा दर्ता गरी अद्यावधिक जानकारी लिनुपर्छ ।

ग्राहक, सम्भावित ग्राहक, लाभग्राही र लेनदेनका पक्षहरूको दैनिक स्क्रिनिङ गर्नुपर्छ, जसमा स्वचालित प्रणाली प्रयोग गर्न प्रोत्साहन गरिएको छ । यदि कुनै व्यक्ति वा संस्था सूचीमा मेल खाएमा, तुरुन्तै रकम रोक्का गर्नुपर्छ र वित्तीय सेवा प्रदान गर्न निषेध गरिन्छ । यस्ता रोक्का वा लेनदेन प्रयासको जानकारी ३ दिनभित्र नेपाल राष्ट्र बैंकलाई दिनुपर्छ, जसले प्रधानमन्त्री कार्यालयको धन शोधन अनुसन्धान विभागलाई सूचित गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार