काठमाडौं । संघीय संसदका दुबै सदनको बैठक आज बस्न लागेको छ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे कार्यसूची रहेको छ भने राष्ट्रिय सभाको बैठक दिनको १.१५ बजे बस्न लागेको हो ।
आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले “राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन आ.व. २०८०/०८१” पेस गर्ने कार्यसूची रहेको छ । साथै माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले “राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव पध्म प्रसार पाण्डेले जानकारी दिएका छन् ।
आजको बैठकमा “नेपाली काँग्रेसबाट २०६४ र २०७० सालको संविधान सभामा समानुपातिक सदस्यमा निर्वाचित, पूर्व राज्यमन्त्री खड्गबहादुर वस्याल सार्कीको निधन भएकोमा प्रतिनिधि सभाको बैठकबाट शोक प्रकट गर्ने कार्यसुची रहेको छ
आजको राष्ट्रियसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्री प्रसाद पाण्डेले “अभौतिक सांस्कृतिक सम्पदा “(संरक्षण)विधेयक,२०८१ सभामा पेश गर्ने साथै , पूर्व राज्यमन्त्री खड्गबहादुर वस्याल सार्कीको निधन भएकोमा शोक प्रस्ताब पारित गर्ने कार्यसूची रहेको छ ।

