आजदेखी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिटर पास नपाउने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास आज साउन २७ देखि बन्द गरेको जनाएको छ ।

विमानस्थल कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै त्रिभुवन अन्तरराष्ट्रिय टर्मिनल भवनबाट आवागमन गर्ने व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवं नाबालक यात्रुका लागि यस अघि नै सहायता कक्षको व्यवस्था गरिएको जनाएको छ।

सामान ‘चेक–इन’ सङ्ख्या र अधिकतम तौलको सीमा हवाई टिकटमा उल्लेख हुने भएकाले सोही व्यवस्थालाई पालना गर्न पनि कार्यालयले भनेको छ।

‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णय अनुसार मङ्गलबारदेखि लागू हुनेगरी अन्तरराष्ट्रिय टर्मिनल भवनमार्फत वितरण हुँदै आएको भिजिटर पास वितरण बन्द गरिएको व्यहोरा सरोकार भएका सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, सूचनामा उल्लेख  छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार