काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६६ करोड ३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी १ अर्ब ४४ करोड नोक्सानीमा थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नोक्सानी रकम कम भएको हो ।
यसले आइपीओ बिक्री गरेदेखि एउटा त्रैमासमा पनि नाफा कमाएको छैन । घोराहीले असारसम्म ५ अर्ब ५ करोड रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्ष उक्त आम्दानी ४ अर्ब ४७ करोड रुपैयाँ थियो । अन्य आम्दानी २ करोड ८३ लाख रुपैयाँ छ । यता, वित्तीय खर्च ७६ करोड १८ लाखबाट बढेर ८९ करोड २० लाख पुगेको छ ।
४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ३८ करोड छ भने सेयर प्रिमियममा २ अर्ब ६५ करोड जम्मा छ । प्रतिसेयर आम्दानी १४.४६ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १८८.४७ रुपैयाँ छ ।

