एनआईसी एसिया सेलेक्ट-३० फण्डद्धारा सुचीकृत शेयरमा घट्यो लगानी

काठमाडौं । एनआईसी एसिया बैंक म्युअुचल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड) सुचिकृत शेयरमा गरेको लगानी रकममा कमी गरेको छ । एनआईसी एसिया बैंक म्युअुचल फण्डले आइतबार वैशाख मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरेको विवरण अनुरुप उसले धितोपत्रमा सूचीकृत शेयरमा लगानी घटाएको हो । फण्डले चालु आर्थिक वर्षको वैशाखमसान्तसम्ममा सूचीकृत शेयरमा ८० करोड ७९ लाख ९४ हजार रुपैयाँ लगानी गरेको छ । फण्डले गत आर्थिक वर्षको वैशाखमसान्तसम्ममा सूचीकृत शेयरमा ८१ करोड ९५ लाख २८ हजार रुपैयाँ लगानी गरेको थियो ।

त्यस्तै, फण्डले सूचीकृत नभएको शेयरमा भने लगानी बढाएको छ । चालु आर्थिक वर्षको वैशाखमसान्तसम्मा फण्डले सूचीकृत नभएको ३ करोड ५९ लाख ४४ हजार रुपैयाँ लगानी गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा फण्डले ३ करोड ४५ लाख ६० हजार रुपैयाँ लगानी गरेको थियो । यो सँगै फण्डको वैशाखमसान्तसम्ममा सूचीकृत भए ÷नभएको शेयर, ऋणपत्र, मुद्दती निक्षेप गरी कुल लगानी १ अर्ब ३ करोड ६४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा सूचीकृत भए ÷नभएको शेयर, ऋणपत्र, मुद्दती निक्षेप गरी कुल लगानी १ अर्ब ४ करोड ६५ लाख रुपैयाँ रहेको थियो । जसले गर्दा कुल लगानी रकममा समेत कमी आएको छ ।

फण्डको नाफा÷नोक्सानलाई हेर्दा भने वैशाखमसान्तसम्ममा नाफा भने बढेको छ । चालु आर्थिक वर्षको वैशाखमसान्तसम्मा फण्डको नाफा १ करोड ६४ लाख ९३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा १ करोड ५९ लाख ७७ हजार रुपैयाँ रहेको छ । यो सँगै नाफामा भने कमी आएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार