रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार खुल्यो, कति पायो ओपन रेन्ज ?



इक्विटी नेपाल – काठमाडौँ :

नेप्सेमा मिति २०७५ असार ७ गते बिहिबारदेखि रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार सुरु भएको छ । नेप्सेले रैराङको पहिलो कारेबारका लागि ९८ रुपैयाँ ४२ पैसादेखि २९५ रुपैयाँ २३ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ । नेप्सेका अनुसार रैराङको कारोबार ‘RRHP ’ संकेतबाट सुरु भएको हो । 
हाइड्रोपावरले गत वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म कुल ८ लाख ४० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्य ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र म्युचुअल फन्डलाई ४२ हजार कित्ता छुट्याएर बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गरेको हो । जेठ ९ गते आइपीओको बाँडफाँट गरिएको हो । 


प्रकाशित मिति: २०७५ असार ७  गते 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार