सुन चाँदीको मुल्य बढ्यो

काठमाडौं ।सोमबार सुनचाँदीको मूल्य बढेको छ । साताको दोस्रो दिन सुन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघले सोमबारका लागि छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ र तेजावी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँ तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ३६ हाजर ९ सय रुपैेयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सोमबार छापावाला सुन प्रति १० ग्राम १ लाख १७ हजार ६ सय २५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १७ हजार ६५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, सोमबारका लागि चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेको छ । सोमबारका लागि चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँ तोकेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी प्रति १० ग्रूाम १ हजार ६ सय १२ रुपैयाँ तोकिएको छ । आइतबार भने सुनचाँदको मुल्य स्थिर रहेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार