फलफुल क्षेत्र विकासका लागि १ अर्ब ४४ करोड बजेट

काठमाडौं ।फलफुल क्षेत्र विकासका लागि १ अर्ब ४४ करोड बजेट विनियोजन गरिएको छ । संघ प्रदेश र स्थानीय तह मिलेर मध्यपहाडमा सुन्तला, हिमाल र उच्च पहाडमा स्याउ र तराई मधेशमा आँप र केरा उत्पादन तथा निर्यात गर्ने योजना रहेको छ । साथै कृषि फार्म, विरुवा उत्पाद क्षेत्र, भण्डारण गृहहरु निर्माण गर्ने बताइएको छ ।

फलफुलको ७ लाख गुणस्तरीय विरुवा उत्पादन गर्न बताइएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री वर्षमान पुनले सो कुरा बताएका हुन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार