काठमाडौं । संघीय संसदका दुबै सदन र दुवै संसदका गरी ५ समितिको बैठक बैठक आज बस्न लागेको छ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे कार्यसूची रहेको छ भने राष्ट्रिय सभाको बैठक दिनको १.१५ बजे बस्न लागेको हो । आज प्रतनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल, हुने कार्यसूची रहेको छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक १० बजे बस्ने छ बैठकमा कैलाली कारागारमा २०८२ साउन २३ मा घटेको घटना र सो को प्रभाव र समस्ता समाधानका उपायबारमा बिभागिय गृह मन्त्री रमेश लेखकसँग छलफल गर्नेछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक १० बजे बस्ने छ बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल, हुने कार्यसुची रहेको छ
राष्ट्रियसभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक ११ बजे बस्न लागेको छ बैठकमा महालेखा परिक्षकको ६२औं बार्डिक प्रतिबेदनमा समेटिएका मुलभुत पक्षहरुमा छलफल हुने छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा आजको लागि कुनैपनि कार्यसूची तय नभएको संसद सचिवालय कार्यव्यबस्था परामर्स समितिले जनाएको छ ।

