बुधबारका लागि घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

काठमाडौं । बुधबारका लागि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाला सुनको मुल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । यो सँगै बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँ तोकिएको छ ।

मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारका लागि छापावाला सुन १० ग्रामको मूल्य १ लाख ६८ हजार ६४० रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार मंगलबारो तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ ।
यो सँगै बुधबार चाँदी प्रतितोला २ हजार ३२५ रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदी प्रति १० ग्रामको मूल्य भने १ हजार ९९३.५० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार