काठमाडौं । डुकाउ (लवडाँडा) फिस टनेल एक्सपो एवं साँस्कृति ब्यापार महोत्सव २०८२ हुने भएको छ । संयुक्त नेपाल मेला महोत्सव प्रा. लि. को आयोजनामा काठमाडौंमा पहिलो पटक फिस टनेल (Fish Tunnel) महोत्सव हुन लागेको हो । महोत्सवमा मा एक हजार भन्दा धेरै समुद्री माछा हेर्न पाइने आयोजकले जनाएको छ । महोत्सब साउन ३० गते देखि भदौ २१ गतेसम्म गोठाटार कृष्णमन्दिर नजिक लभडाँडामा हुनेछ ।
जसमा यो नेपालमा पहिलो एक्पो र यो महिना पछि अन्तिम पनि हुने आयोजकले आज एक पत्रकार सम्मेलन गरी जानकारी दिए । काम र व्यस्तताको बावजुद, काठमाडौँको भिडभाडबाट केही क्षणको लागि भएपनि उक्त महोत्सवमा गएर अन्डरवाटर एकोरियमको मज्जा पनि लिन सकिने आयोजकले जनाएको छ ।

