संघीय संसद्का दुवै सदन र चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुबै सदन र दुवै संसदका गरी ४ समितिको बैठक आज बस्न लागेको छ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे कार्यसूची रहेको छ भने राष्ट्रिय सभाको बैठक दिनको ११.४५ बजे बस्न लागेको हो । आज प्रतनिधिसभा अन्तर्गत २ संसदीय समिति र राष्ट्रिय सभा अन्तर्गत २ समितको बैठक बस्दैछन। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार  छलफल हुने कार्यसूची रहेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सौर्य एयरलाइन्स 9N-AME, CRJ 200 वायुयान दुर्घटना जाँचबुझको अन्तिम प्रतिवेदन माथि छलफल हुने संसद सचिवालयले जनाएको छ

राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिसमितिको बैठक बस्दैछ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) बिदेय,२०८१ माथि दफावार छलफल हुनेछ भने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन प्रगत अवस्था, समास्था  समस्ञा समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बिषयमा छलफल हुने कार्यसूची तय भएको छ ।

आजको राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठकको कुनै कार्यसूची तय भएको छैन ।

 

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा आजको लागि कुनैपनि कार्यसूची तय नभएको संसद सचिवालय कार्यव्यबस्था परामर्स समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार