नाडा अटो सोको १७ औं सिजनको तयारीमा व्यस्त व्यवसायीहरु, १ लाख भन्दा बढी अवलोकनकर्ता ल्याउने तयारी

काठमाडौं ।  अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) अटो सोको तयारी तीव्र गतिमा भइरहेको छ। भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुने नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको तयारीका लागि अहिले नाडामा आवद्ध व्यवसायी र कर्मचारीहरु व्यस्त रहेका छन् । व्यवासायीहरु सवारी साधान व्यवस्थापन देखि लिएर स्टल निर्माणको डिजाइन र कर्मचारीहरु ‘स्टल’ निर्माणमा व्यस्त रहेका नाडा अधिकारीहरुले जानकारी दिएका छन् ।

अटो सो  सुरु हुन पाँच दिन बाँकी रहँदा नै तयारीलाई तीव्र पारिएको नाडाका संयोजक अनुप बरालले ईक्यूटीनेपाललाई बताए । अहिले स्टलहरु कसरी व्यवस्थापन गर्ने र अवलोकन कर्ताहरुलाई सहज बनाउने हेतुले ‘स्टल’ हरु राख्ने काम भइरेको उनको भनाई छ ।

२००८ देखि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले शुरु गरेको अटो सो को यो १७ औँ सिजन हो । अघिल्ला वर्षहरु भन्दा फरक र भव्य हुने विस्वास नाडाले लिएको छ । यस वर्ष नाडाले अटो सो मार्फत विद्युतीय सवारी साधनका साथै फ्लाइङ कार पनि राख्ने भएको छ ।

नाडाका अध्यक्ष करण चौधरीले यस वर्षको नाडा सो मार्फत् नेपाली बजारका लागि उपयुक्त सवारी साधन सार्वजनिक गरिने बताएका छन् ।

उनले नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित सवारी साधन प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोविलिटी को प्रतिविम्व भएको समेत बताएका छन् ।

यस वर्षको कार्यक्रमले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिलाई एकै छानामुनि ल्याउने उनको भनाई छ । नाडाले आफ्नो १७ औँ अटो सो सञ्चालन गर्नु केहिदिन अघि मात्र नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफेचरर्स एशोसिएन (नाईमा) ले आफ्नो पहिलो नाईमा ‘सिजन अर्थात् सो’ भव्यताका साथ सम्पन्न गरेको छ ।

नाइमाको सोमा १ लाख दर्शकले अवलोकन गरेका नाईमाकी अध्यक्ष रितू सिहं वैधले जानकारी दिएकी थिईन । तर नाइमाले गरेको अटो सोको केहिपनि प्रभाव नाडामा नर्पर्ने अध्यक्ष चौंधरीले प्रष्ट पारेका छन्  भने अटो सोमा १ लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा नाडाले गरेको छ ।

नेपालमा  अहिले सम्म भएका  सोहरु मध्ये सबैभन्दा ठुलो सो हुने चौधरीले बताएका छन् । यस वर्ष ३ लाख वर्गफुट क्षेत्रफल र १ लाख ६२ हजार ५०० वर्गफुटको प्रदर्शनी क्षेत्र सहित यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो सो हुने बताइएको छ ।

नाडा अटो सोमा कस्ता कस्ता सवारी आउलान भन्ने चासो सबैमा  छ । नाडाले  शो २०२५ मा  यी समाग्रिहरु प्रस्तुत गर्ने भएको छ । नाडाले  १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू र ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू ल्याने भएको छ ।

त्यसैगरी अटोसोमा  ३५ कम्पनीहरू ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू रहने र १२५ भन्दा बढी प्रदर्शकहरूका साथै १ लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरेको नाडाका संयोजक अनुप बरालले र्इक्यूटी नेपाललाई बताएका छन् ।

अटो सो निम्न साझेदार संस्थाहरूको सशक्त समर्थनमा सम्पन्न हुँदैछअटो सोको मुख्य प्रायोजकको रूपमा एमएडब्लु वृद्धि (युनिट्री) ,सहप्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, पावर्ड बाई क्याम्पा कोला, मोबिलिटी पार्टनर य्याङ्गो, टिकटिङ पार्टनर खल्ती  भदौ २ गतेसम्म अग्रिम टिकटमा २०५ क्यासब्याक, इन्टरनेट पार्टनर वर्ल्डलिंक, सुरक्षानिगरानीमा सिसिटिभि नेपाल, अग्नि सुरक्षा साझेदार हिमालयन सेफ्टी सोलुसन, अस्पताल साझेदार किष्ट अस्पताल, आतिथ्य व्यवस्थापन द प्लाजा, डोर प्राइज प्रायोजक नेपाल ल्युब आयल लिमिटेड रहेका छन्।

कार्यक्रमको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेस प्रालिले गर्नेछ भने प्रमुख आकर्षणका रुपमा रहने  सवारीहरु यस प्रकारकन रहेका छन् । शोका प्रमुख आकर्षणहरूमध्ये एक हो, ‘विन्टेज मोटर शो’, जसमा ऐतिहासिक सवारी साधनहरू –मोरिस माइनर, फियाट, प्यूजो, बीटल, मिनी कूपर, टोयोटा आरटी, मर्सिडीज बेन्ज, टोयोटा आरटी ४०, भीडब्ल्यू बस, टोयोटा कोरोला, माज्दा फेमिलिया, टोयोटा एमआर २ जस्ता थुप्रै मोडेलहरू राखिने छन् ।

नाडा अटोसोमा राखिने केहि ब्राण्डहरु भने नाइमाको अटो सोमा राखिएका सबारीहरु दोहोरीने भएका छन् । र  दोहेरिने  ७ ब्राण्डहरुमा १८ वटा चारपाँग्रे, ४ वटा दुईपाँग्रे र १३ वटा लाइट कमर्शियल सवारी ब्राण्ड रहेका छन् । ४ पाँग्रेतर्फ बीवाइडी र एलएस अटो, दुईपाँग्रेतर्फ रोयल इनफिल्ड र लाइट कमर्शियलतर्फ डोङफेङ, सनलङ, किङलङ र कामा ब्राण्ड दुवै अटो शोमा सहभागी हुने भएका छन् ।यी हुन् नाडा अटो शोमा सहभागी हुने ब्राण्डहरू

चारपाँग्रे  दीपल, अवतार, डोङफेङ, नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, एवोन, एक्सपेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, बीएडब्लू, जेवाइ एयर, एलएस अटो, ब्लभल र जिनपेङ ।दुईपाँग्रे स् हिरो, रोयल इनफिल्ड, जोनसन र यामाहा ।कमर्शियल स् न्यू गोन्वो, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवाइसी, किङलङ, मोन्त्रा, स्काइवर्थ, कावेईरनाभेको र सनलङ रहेने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार