सहकारीको रकम अपचलनबारे छानबिन गर्न ७ सदस्ययीय संसदीय समिति गठन

काठमाडौं । आजको प्रतिनिधि सभा बैठकबाट  सहकारीको रकम अपचलनबारे छानबिनका लागि संसदीय समिति गठन भएको छ । छानबिन समिति ७ सदस्यीय  रहेको छ । समितिले सहकारीका विषयमा छानबिन गरि कार्बाहि सिफारिस गर्ने छ  ।
समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्य थापा र सरिता भुषाल ,माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

समितिको सभापतिमा  सुर्था थापालाई समितिको सभापति तोकिएको छ ।

आज छानबिन समितिको कार्यादेश तय गर्न बनाइएको कार्यदलले ७ सदस्यीय संसदीय छानबिन समिति गठनको निर्णय गरेको थियो । समितिलाई ३ महिनाको समयावधि तोकिएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार