जल तथा मौसम विज्ञान विभागको नागरिकलाई भ्रममा नपर्न आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग तथा मौसम विज्ञान विभाग स्रोतले नागरिकले भ्रममा नपर्न आग्रह गरेको छ । बिभागका प्रबक्ताले हिजो एक बिज्ञपती जारि गर्दै पछिल्लो समय  विभिन्न व्यक्ति तथा निकायहरुले सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत मौसम तथा बाढी सम्बन्धि भ्रामक तथा अपुष्ट पूर्वसूचनाहरू सम्प्रेषण गर्ने कार्य भईरहेको कारण सर्वसाधारणमा अन्यौल सिर्जना भई जनगुनासोहरू प्राप्त भएकोले यस विभागको ध्यानाकर्षण भएको जनाएको छ  ।

बिभागले मौसम तथा बाढी सम्बन्धि पूर्वसूचना अति संवेदनशील विषय भएकोले बिभागको आधिकारिक वेवसाइटहरू तथा सामाजिक सञ्जालहरुमा प्रेषित सूचनाहरु प्रयोग गर्न प्रबन्त बिभूति पोखरेक द्रारा जारी बिज्ञपतिमा उल्लेख छ ।

बिभागले जारी गरेका आधिकारिक वेभसाइड सामाजिक सञ्जाल लगायतको लिङक निम्न अनुसारका रहेका छन्

वेभसाईट तथा सामाजिक सञ्जालहरु

Website: https://www.dhm.gov.np/ Website: https://hydrology.gov.np/ Website: https://dhm.gov.np/mfd/

Facebook Page: https://www.facebook.com/mfd.nepal.5 Facebook Page: https://www.facebook.com/Flood.EWS Facebook Page: https://www.facebook.com/climate.section.3 X Page: https://x.com/DHM_Weather X Page: https://x.com/DHM_FloodEWS

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार