राष्ट्रियस्तरका विकास बैंकमध्ये मुक्तिनाथ अग्र स्थानमा, लाभांश क्षमता एउटाको ऋणात्मक हुँदा अरुको कस्तो छ अवस्था ?

काठमाडौं । सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले गत वर्षको असारसम्म ५ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २२.०१ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यी बैंकहरुले ४ अर्ब ५९ करोड ६२ लाख नाफा कमाएका थिए ।

यता, बैंकहरुको खुद ब्याज आम्दानी पनि बढेको छ । १२ महिनामा ८ वटा बैंकले २० अर्ब ९६ करोड ४९ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् । अघिल्लो वर्ष उक्त आम्दानी २० अर्ब ३ करोड आम्दानी गरेका थिए । बैंकहरुको ब्याज आम्दानी बढ्दा र इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार आएको देखिएको छ । नाफासँगै विकास बैंकहरुको लाभांश वितरण क्षमतापनि सुधार आएको छ ।

यसअवधिसम्म ८ मध्ये ७ वटाको लाभांश वितरण क्षमता धनात्मक छ । यद्दपि, लाभांश क्षमता भएपनि ५ प्रतिशत भन्दा धेरै एनपीएल भएका बैंकले लाभांश दिन मिल्दैन । त्यस्तै, ७ वटा विकास बैकको प्रतिसेयर आम्दानी १० रुपैयाँ भन्दा धेरै छ । गत असारसम्म राष्ट्रियस्तरका ८ विकास बैंकहरुको चुक्ता पुँजी ३६ अर्ब ९८ करोड रुपैयाँ भन्दा धेरै छ । यता, जगेडा कोषमा भने १९ अर्ब ९४ करोड जम्मा छ ।

चुक्ता पुँजी र जगेडा कोष मुक्तिनाथको धेरै

८ विकास बैंकमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी मुक्तिनाथ विकास बैंकको देखिएको छ । यसको पुँजी ७ अर्ब ४ करोड भन्दा धेरै छ । गरिमा विकासको ५ अर्ब ६८ करोड, महालक्ष्मीको ४ अर्ब २९ करोड, ज्योति विकासको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ भन्दा धेरैको चुक्ता पुँजी छ । सबैभन्दा कम सांग्रिला डेभलपमेन्टको ३ अर्ब ५५ करोड रुपैयाँको पुँजी रहेको छ ।

यता, जगेडा कोष पनि मुक्तिनाथको धेरै छ । उक्त कोषमा बैंकको ३ अर्ब ४६ करोड रुपैयाँ छ । सबैभन्दा कम सांग्रिलाको जगेडामा १ अर्ब ६० करोड रुपैयाँ छ । ८ बैंकको जगेडा कोषको आकार १९ अर्ब ९४ करोड रुपैयाँ बराबरको छ ।

खुद ब्याज आम्दानी

राष्ट्रियस्तरका विकास बैंकहरुले गत वर्ष २० अर्ब ९६ करोड रुपैयाँ भन्दा धेरैको ब्याज आम्दानी गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.६३ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यी बैंकहरुले २० अर्ब ३ करोड आम्दानी गरेका थिए । सबैभन्दा धेरै मुक्तिनाथले ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको ब्याज आम्दानी गरेको छ ।

नाफा 

सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा मुक्तिनाथ अगाडि देखिएको छ । यसले १२ महिनामा १ अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.७० प्रतिशत धेरै हो । सबैभन्दा कम ज्योति विकास बैंकले १ करोड २३ लाख नाफा कमाएको छ । समग्रमा बैंकहरुले ५ अर्ब ६० करोड नाफा आर्जन गरेका छन् ।

प्रतिसेयर आम्दानी र नेटवर्थ

गरिमा विकासको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै २३.०७ रुपैयाँ छ । मुक्तिनाथको भने २१.८२ रुपैयाँ छ । यता, सबैभन्दा धेरै नेटवर्थ लुम्बिनी विकास बैंकको छ । यसको नेटवर्थ १९२.७३ रुपैयाँ छ ।

एनपीएल

८ बैंकमध्ये सबैभन्दा धेरै एनपीएल ज्योति विकासको देखिएको छ । यसको एनपीएल ७.९८ प्रतिशत छ । सबैभन्दा कम एनपीएल मुक्तिनाथको २.७५ प्रतिशत छ ।

लाभांश वितरण क्षमात

मुक्तिनाथ विकास बैंकको लाभांश वितरण क्षमता २०.७५ प्रतिशत छ । कामनाको १७.३ प्रतिशत, शाइन रेसुंगाको १३.९६ प्रतिशत छ । ज्योति विकासको भने लाभांश क्षमता ऋणात्मक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार