रक्सीमा सरकारले कर बढायो, कुनमा कति

काठमाडौं । सरकारले मदिरामा कर बढाएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को आर्थिक विद्येयकमा मदिरामा ६० रुपैयाँसम्मको कर बढाइएको छ।

आर्थिक विद्येयकमा ४८.५ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर १८ सय ६० रुपैयाँ अन्तःशुल्क लगाइएको छ हालको दर १८ सय भन्दा ६० रुपैयाँ बढी हो ।

४२.८ प्रतिशत अल्कोहल भएको मदिरामा ४५ रुपैयाँ बढेर १३९० रुपैयाँ, ३९.९४ प्रतिशत अल्कोहल भएकामा ४० रुपैयाँ बढेर १२९०, ३४.२३ प्रतिशत अल्कोहल भएकामा २० रुपैयाँ बढेर ६५०, २८.५३ प्रतिशत भएकामा ५ रुपैयाँ बढेर ४९० र १७.१२ प्रतिशत भएकामा १० रुपैयाँ बढेर ६० रुपैयाँ कायम भएको छ ।

यसैगरी १७ प्रतिशतसम्म अल्कोहल भएको वाइनमा प्रतिलिटर १६ रुपैयाँ बढेर अन्तःशुल्क दर ४६० र त्योभन्दा बढीमा १९ रुपैयाँ बढेर ५१६ रुपैयाँ कायम भएको छ ।

बियरमा भने प्रतिलिटर ५ रुपैयाँ अन्तशुल्क बढेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार