काठमाडौं । ललितपुर छयासीकोटस्थित आर्दश सौलः युवक माध्यामिक विद्यालयमा ‘विद्यालयमा कुलपति’ कार्यक्रम सञ्चालन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले विद्यालयमा कुलपति कार्यक्रमा देशभरका विद्यालयमा सञ्चालन गर्ने क्रममा शुक्रबार आर्दश सौलः माविमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले कविता वाचन गरेर सुनाएका थिए ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति भुपाल राईले सहात्यिको जग विद्यार्थीहरु भएको बताए । उनले आजका दिनमा विद्यार्थीहरुले कविता, कथा, नाटक लगायतका रचन गर्दा भोलिको समयमा उनीहरु मुलुकको साहित्य, कला लगायतको बाटोमा हिड्न सक्ने बताए । कार्यक्रममा कुलपति राईले विद्यार्थी र शिक्षक, शिक्षिकाको ठूलो संख्या देखेर प्रशंसा गरेका थिए । ‘म यो कार्यक्रमका लागि देशभर हिडेको छु तर यति धेरै विद्यार्थीको संख्या देखेको छैन, उनले भने,‘ पार्टीबाट अध्ययन -अध्यापन सुरु गरिएको विद्यालयमा यति ठूलो संख्यामा विद्यार्थी हुनु भनेको एउटा सानो विरुवा ठूलो वृक्ष भएर झाँगिएको जस्तो रहेछ ।’
कुलपति राईले कविता, कथा लगायतका साहित्यहरु मनन गर्ने विषय भएको बताए ।
सदस्य सचिव डा. धनप्रसाद सुवेदीले जुनसुकै विषय अध्ययन गरे पनि भाषामा अब्बल हुनु आवश्यक रहेको बताए । उनले हामीले बोल्ने, सुन्ने, पढ्ने र लेख्ने भाषा सही भएमा सबैले बुझन सहज हुने बताए । सुवेदीले यो कार्यक्रमले विद्यालय, विद्यार्थीलाई प्रतिष्ठानसँग जोड्ने काम गरेको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानअध्यापक ज्ञानभक्त महर्जनले प्रतिष्ठानका अधिकारीहरुलाई स्वागत गर्दै कविता वाचन गरेका थिए । प्रधानध्यापक महर्जनले आफनो बाल्यकालको शिक्षा आर्जन देखि लिएर प्रधानध्यापकको जिम्मेवारी लिएको विषयहरु समेटर ‘म’ शीर्षकमा कविता वाचन गरेका हुन् । उनले उक्त कार्यक्रमले विद्यालयमा मात्र नभई , विद्यार्थी , शिक्षक शिक्षिका लगायतका सबैको हृदयमा उज्यालो छरेको बताए ।
‘शब्दका छालहरूले भरिएको यो अन्तरक्रिया तथा कवि गोष्ठी, कुनै साधारण जमघट होइन यो त भावनाको सेतु हो, जहाँ पुस्ता र दृष्टिको मिलन हुन्छ; यो त विचारको बगैँचा हो, जहाँ कविता फुल्छ र सिर्जनाको सुगन्ध फैलिन्छ ,’ प्रधानध्यापक महर्जनले भने, ‘कला भनेको आत्माको ऐना हो, जसमा हामीले आफ्नै अनुहार मात्र होइन, आफूभित्रको असिम संसार पनि देख्छौँ, यो हाम्रा संस्कारको नाडी हो, जसले हाम्रो पहिचानको धड्कनलाई जीवित राख्छ ।’
उनले कविता सानो बुट्टेदार चस्मा भएको बताउँदै कवितबाट जसबाट संसारलाई अर्कै रंग, अर्कै आकार र अर्कै मिठासमा देख्न पाइने बताए । प्राध्यापक महर्जन सोही विद्यालयको उत्कृष्ट विद्यार्थी हुन् भने हाल प्राध्यापक हुन् ।
त्यस्तै कार्यक्रम सञ्चालक तथा शिक्षक दिनेश खड्काले पनि विद्यालयमा कुलपति कार्यक्रमले विद्यार्थीहरुमा साहित्यबारे थप बुझन मद्दत पुगेको बताए । शिक्षक खड्काले हाल धर्मको नाममा समाजमा विकृति आएको भन्दै धर्म सम्वन्धि रचेका कविता वाचन गरेर सुनाए । उनले कविता, कथा लगायतका साहित्यक कार्यक्रमले समाजका कला, संस्कृति लगायतका संरचना बुझन सहयोग गर्ने बताए ।
कार्यक्रममा विद्यालय कविता प्रतियोगितामा प्रथम भएकी करिश्मा घर्ती मगरले ‘मेरो सपनाको साँघुरो बाटा’ नामक कविता सुनाएकी थिइन् । त्यस्तै कार्यक्रममा हरिमाया पाण्ड, प्रतिभा न्यौपाने, रेखा पोखरेल, पुजन केसी, जीवन सुनुवार र आदित्य जैसीवालले राम्रा कविता सुनाएका थिए ।विद्यालयमा करिब दुई हजार बढी विद्यार्थी अध्ययनरत छन् ।


