दुग्ध विकास संस्थानको महाप्रबन्धकको लागि दरखास्त माग

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त माग गरेको छ । दुग्ध विकास संस्थानमा रिक्त रहेको महाप्रबन्धक पदमा आबेदन दिने योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट आजको  २१ दिन भित्र र आवेदन दिनु पर्नेछ । आबेदन दिने अन्तिम दिन  दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र यस मन्त्रालयको कर्मचारी प्रशासन शाखा (बोर्ड / संस्थान डेस्क) सिंहदरवार, काठमाडौंमा गोप्य सिलवन्दी आवेदन दिनुपर्नेछ

महाप्रबन्धक खुल्ला प्रतियोगिताद्वारा पदपुर्ति गर्न लागेको हो । खुल्ला प्रतिष्पर्धाको लागि निर्धारित मिति र समय भित्र प्राप्त हुन नआएको तथा रित नपुगेको दरखास्त स्वीकृत नहुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयलेले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार