सुनको मूल्यमा सामान्य गिरावट ,कतिमा हुदैछ कारोवार?

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाला सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

यो सँगै आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ तोकिएको छ ।

शुुक्रबार भने सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज सुन १० ग्रामको १ लाख ६७ अजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी महासंघका अनुसार आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार चाँदी प्रतितोला २३१० रुपैयाँले कारोबार भएको छ ।  यसैगरी चाँदी आज १० ग्रामको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो सँगै शुक्रबार चाँदी प्रतितोला २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार