राष्ट्रको हित र आमनागरिकलाई सुविधा हुनेगरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं ।गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आमनागरिकलाई सुविधा हुनेगरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

आइतबार  मन्त्रालयमा आर्थिक वर्ष २०८२र८३ का लागि गृहसचिव एवं सङ्गठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उहाँले लागुऔषध, सडक दुर्घटना, आत्महत्या र साइबर अपराध नियन्त्रणमा उल्लेख्य काम भए पनि परिणाम आउन समय लाग्ने बताएका हुन् ।
“लागुऔषध, सडक दुर्घटना, साइबर अपराध, आत्महत्या यी विषय वर्तमान अवस्थाका नयाँ चुनौती हुन् । विशेष रूपमा काम भएको छ परिणाम आउन केही  समय लाग्छ”, मन्त्री लेखकले भने , “यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ ।” पश्चिम नेपालमा भूकम्प र सोबाट हुनसक्ने विस्तृत क्षति आँकलन गर्ने काम भइरहेको बताउँदै  चालु आवभित्र पुनःनिर्माण सक्नेगरी काम गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री लेखकले गत आवमा तोकिएको माइलस्टोनमा गृह मन्त्रालयले ८८ प्रतिशत प्रगति गरेकाप्रति बधाई एवं धन्यवाद ज्ञापन गरेका छन् । अहिलेको आवश्यकताअनुसार थप नयाँ काम के गर्न सकिन्छ, नीति, योजना तयार गरेर अघि बढ्न उनले आग्रह गरे
 “सीमित स्रोतसाधन, जनशक्ति र बजेटभित्र रहेर काम गर्नुपर्छ  भन्दै।” कार्यसम्पादन सामूहिक काम भएको बताउँदै उनले जस÷अपजस सामूहिक रूपले लिनुपर्नेमा जोड दिएका छन् । ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार