CLI

पोखरामा बीवाईडीको नयाँ शोरूमसँगै बीवाईडी सिलायन ७ को शुरुवात

काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा. लि. ले पोखरामा बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ । नयाँ सो रुमको शुभारम्भसँगै गण्डकी ‘बीवाईडी सिलायन ७’ लाई सार्वजनिक गरिएको छ ।

शो रु उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य मुख्य अतिथिको रूपमा उपस्थित थिए उदघाटन समारोहमा अटोमोबाइल क्षेत्रका प्रमुख सरोकारवाला, सञ्चारकर्मीहरु र बीवाईडीका प्रशंसकहरूको सहभागिता सहभागी रहेका थिए।

 

बुद्धचोक, पोखरामा अवस्थित नयाँ शोरूमलाई बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटी/भिजुअल आइडेन्टिटी (CI/VI) मापदण्ड अनुसार पूर्ण रूपमा अपडेट गरिएको साइमेक्स इंक प्रा. लि. ले बताएको छ  । यो शो रुम कुल १२,८४५ वर्ग फिट क्षेत्रमा व्यापक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा प्रदान गर्ने जनाईएको छ , ग्राहकले  एकै स्थानबाट सेवा प्राप्त गर्नेछन् । शोरूमको ठीक पछाडि अत्याधुनिक सर्भिस सेन्टर निर्माण भैरहेको र यसले    बिक्री पछिको सेवा प्रणालीलाई थप प्रभाबकारी बनाउनेछ कम्पनीको भनाई रहेको छ ।

उद्घाटन कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले , ‘पोखरा हाम्रो दीर्घकालीन व्यापार नीतिको प्रमुख बजार हो। नयाँ शोरूम र प्रिमियम गुणस्तरका उत्पादनहरूको सुरुवात गरेर हामी ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता पुनःदोहोर्याउँदै छौं । बीवाईडी सिलायन ७ ले हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायाततर्फको रूपान्तरणलाई अगाडि बढाउने हाम्रो मिशनको प्रतिनिधित्व गर्छ ।’

पोखरामा रहेका सम्पूर्ण बीवाईडी सर्भिसमा संलग्न कर्मचारीहरुले बीवाईडी हेडक्वाटरका प्रतिनिधिहरुबाट तालिमप्राप्त गरी आधिकारिक प्रमाणपत्र हासिल गरिसकेका छन्, जसले ग्राहकहरूलाई प्रत्येक चरणमा उत्कृष्ट सेवा प्रदान गर्नेछ ।

उनले यो शाखा  विस्तारका साथै, साइमेक्सले पोखरामा आफ्नो संचालनलाई मात्र नभई गण्डकी प्रदेशका ग्राहकहरूलाई नवीनतम इलेक्ट्रिक सवारी साधनहरू नजिक पुर्याउँदै नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा बीवाईडीको नेतृत्वलाई अझ बलियो बनाएको बताए ।

 

 

Leave Your Comment

Related News