सोमबार सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाला सुनको मुल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।

यो सँगै सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँ तोकिएको छ ।

आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज सुन १० ग्रामको १ लाख ६८ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी महासंघका अनुसार सोमबार चाँदीको मूल्यमा पनि  वृद्रि  भएको छ ।सोमबार चाँदी प्रतितोला २३१५ रुपैयाँले कारोबार भएको छ । यसैगरी चाँदी आज १० ग्रामको १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार