काठमाडौं । सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ ‘क्युएलइडी’ QLED टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ ।
जसले नेपाली उपभोक्तालाई क्रान्तिकारी सामसङ भिजन एआई प्रविधि उपलब्ध गराउँछ । यस सुरुवाती प्रस्तुतिको केन्द्रमा रहेको सामसङ भिजन एआई ले नयाँ पुस्ताको एआई क्षमतासहित अद्वितीय होम इन्टर्टेन्मेन्ट अनुभव दिनेछ ।
नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहँदै, सामसङको यो नयाँ श्रृंखलाले टिभीसँग प्रयोगकर्ताको सम्बन्धलाई नयाँ परिभाषा दिँदै, तिनलाई दैनिकीलाई अझ समृद्ध बनाउने स्मार्ट साथीमा रूपान्तरण गर्छ ।
सामसङ भिजन एआई को अत्याधुनिक प्रविधिले तस्वीर र आवाजलाई एआई बाट अझ शक्तिशाली बनाउँदै, प्रयोगकर्तालाई व्यक्तिगत अनुभव दिन्छ। यो प्रविधि तीन आधारभूत स्तम्भमा बनेको छ:
एआई मोड: उन्नत डीप–लर्निङ्ग एल्गोरिदम प्रयोग गरी, हेर्दै गरेको कन्टेन्ट र वरिपरिको वातावरण अनुसार वास्तविक समयमा मिलाइन्छ। यसले हरेक पटक चमत्कारिक दृश्य र जीवन्त आवाज सुनिश्चित गर्छ।
एआई एक्स्पीरीएन्स: प्रयोगकर्ताको रोजाइ समयसँगै सिकेर, कन्टेन्ट सुझाव र सेटिङ्गलाई व्यक्तिगत बनाउँछ। यसले टिभीसँगको सम्पूर्ण अनुभवलाई अझ स्मार्ट र सहज बनाउँछ।
मल्टी-दिभाइस कनेक्तिभीटी: टिभीलाई स्मार्टफोन, ट्याब्लेट वा अन्य स्मार्ट उपकरणसँग सजिलै जडान गर्न सकिन्छ। यसले कन्टेन्ट साझा गर्न, नियन्त्रण गर्न र सम्पूर्ण सामसङ इकोसिस्टममा निरन्तरता कायम राख्न सहज बनाउँछ।
“सामसङ भिजन एआई ले व्यक्तिगत र एआई-समर्थित स्क्रिन अनुभवको नयाँ युग सुरु गरेको छ, जहाँ हेर्ने व्यक्तिको प्राथमिकता हेर्ने सामग्रीभन्दा पनि महत्वपूर्ण हुन्छ। यसलाई हामी ‘It’s Your Show’ भन्छौं — यस्तो अनुभव जहाँ नियन्त्रण पूर्ण रूपमा प्रयोगकर्ताकै हातमा हुन्छ । हाम्रो नयाँ एआई टिभीहरूले प्रत्येक दृश्यमा नयाँ जीवन भरेका छन्, जसले घरमै सिनेमाजस्तो अनुभवको नयाँ मापदण्ड कायम गर्छ । यस एआई–संचालित स्क्रिनहरूको नयाँ युगसँगै, हामी नयाँ पुस्ताका टिभीहरू छिटो अपनाइनेमा र प्रिमियम टिभी सेग्मेन्टमा हाम्रो नेतृत्व अझ मजबुत हुनेमा आत्मविश्वासी छौं,” सामसङ नेपालका CE बिजनेस हेड मिलन कुमार झाले भने ।
सामसङ भिजन एआई: स्मार्ट र व्यक्तिगत मनोरञ्जन अनुभवको नयाँ पुस्ता
सामसङ भिजन एआई ले स्क्रिनहरूलाई अझ स्मार्ट, सहज र व्यक्तिगत बनाउन ठूलो फड्को मारेको छ । यसले टेलिभिजनलाई केवल डिस्प्ले नभई, वरिपरिको वातावरण र प्रयोगकर्ताको बानीअनुसार प्रतिक्रिया दिने स्मार्ट हब मा रूपान्तरण गर्छ। यसरी टिभी दैनिकीमा सजिलै मिसिन्छ र बुद्धिमान साथी जस्तै अनुभव दिन्छ ।
ठूलो स्क्रिन अनुभवलाई पुनर्परिभाषित गर्ने केही प्रमुख फिचरहरू:
युनिभर्सल जेस्चर कन्ट्रोल: अब रिमोट बिना नै सजिलो हातका इशारामार्फत सामसङ Smart एआई TV नियन्त्रण गर्न सकिन्छ। एआई प्रविधि र ग्यालेक्सी वाचको सहयोगमा हातका चालहरू चिन्न सकिने भएकाले टिभी फङ्सनहरू सहज रूपमा चलाउन सकिन्छ।
एआई अपस्केलिंग: कम रिजोलुसनको कन्टेन्टलाई 4K गुणस्तरमा रूपान्तरण गर्छ। सामसङ को NQ8 एआई Gen3 प्रोसेसरद्वारा सञ्चालित यो फिचरले तस्वीरलाई अझ तीक्ष्ण र स्पष्ट बनाउँदै जीवन्त दृश्य अनुभव दिन्छ।
जेनारेतिभ वलपेपर: निष्क्रिय स्क्रिनलाई व्यक्तिगत कला–क्यानभासमा बदल्छ। एआई को सहयोगमा मूड वा अवसरअनुसार अद्वितीय 4K चित्र सिर्जना गरेर प्रयोगकर्ताले आफ्नो टिभीलाई व्यक्तिगत बनाउन सक्छ।
मल्टी-दिभाइस कनेक्तिभीटी: स्मार्टथिंग्स मार्फत घरको अवस्थाबारे वास्तविक समयको जानकारी र ऊर्जा प्रयोगको निगरानी उपलब्ध गराउँछ। यसले आवश्यक सुझावहरू दिँदै, प्रयोगकर्ता घरमै होस् वा बाहिर, दुवै अवस्थामा शान्तिको अनुभव दिलाउँछ।
पेट एंड फेमिली केर मोड: घरपालुवा वा परिवारका सदस्यहरूको असामान्य गतिविधि पत्ता लगाएर आवश्यक समायोजन गर्छ। एआई ले कुकुर भुक्ने वा बच्चा रोएको जस्ता अवस्थाहरू चिन्न सक्छ र प्रयोगकर्तालाई सचेत गराउँछ, जसले थप सुरक्षाको अनुभूति दिन्छ।
सबै मनोरञ्जन आवश्यकताका लागि QLED 4K लाइनअप
सामसङ को QLED 4K लाइनअपमा QA85Q7F, QA75Q7F, QA65Q8F, र QA55Q8F मोडेलहरू प्रमुख आकर्षण बनेका छन् ।
QA85Q7F मा क्वान्टम डट टेक्नलजी, शक्तिशाली 20W 2-च्यानल स्पिकर प्रणाली, Dolby Atmos र OTS को साथमा सिनेमाजस्तो अडियो–भिजुअल अनुभव, साथै सामसङ को स्लिम डिजाइन र जेनारेतिभ वलपेपर सपोर्ट उपलब्ध छ ।
२०२५को सामसङ एआई टिभीहरु मा बिल्ट–इन स्मार्टथिंग्स हब समावेश गरिएको छ, जसले टिभीलाई स्मार्ट होमको कन्ट्रोल सेन्टरमा बदल्छ । यसमार्फत प्रयोगकर्ताले घरका विभिन्न स्मार्ट उपकरणहरू सजिलै जडान र नियन्त्रण गर्न सक्छन् । साथै, स्मार्टथिंग्स एनर्जी ले ऊर्जा खपतबारे उपयोगी जानकारी दिँदै, घरभरि ऊर्जा दक्षता बढाउन सहयोग गर्छ ।
सुरक्षाका लागि, यी टिभीहरू सामसङ नक्स् प्लाटफर्मले मजबुत बनाइएका छन् । यसले प्रयोगकर्ताको डेटा र गोपनीयता सुरक्षित राख्छ, अनधिकृत परिवर्तन पत्ता लगाएर रोक्छ, फिसिङ वेबसाइटहरू ब्लक गर्छ, र व्यक्तिगत जानकारीलाई नक्स् भल्ट मार्फत थप सुरक्षित बनाउँछ ।
भविष्यलाई ध्यानमा राख्दै, सामसङ ले आफ्नो २०२५ एआई TV लाइनअपमा ७ वर्षसम्म निःशुल्क OS अपग्रेड उपलब्ध गराउने वाचा गरेको छ । यो उद्योगमै अग्रणी प्रतिबद्धताले प्रत्येक उपकरणलाई लामो समयसम्म अद्यावधिक राख्छ, नयाँ फिचर, सुरक्षा सुधार र प्रदर्शन उन्नयन सुनिश्चित गर्छ । चाहे उन्नत एआई क्षमता होस् वा सहज स्मार्टथिंग्स एकीकरण, प्रयोगकर्ताले वर्षौंसम्म प्रिमियम अनुभव पाउनेछन्—सामसङ भिजन एआई संचालित यी टिभीहरूलाई साँच्चिकै भविष्य-प्रमाण बनाउँदै ।
मूल्य, अफर र उपलब्धता
सामसङ को २०२५को QLED TV लाइनअप अब नेपालभरिका सबै आधिकारिक सामसङ रिटेल स्टोरहरूमा उपलब्ध छन् । यससँगै, उपभोक्ताहरूका लागि सामसङ ले नयाँ Crystal UHD, FHD र HD टिभीहरूको लाइनअप पनि QLED टिभीसँगै बजारमा ल्याएको छ ।
Segment Inch Model Code Price
| Segment | Inch | Model Code | Price |
| QLED | 85″ | QA85Q7FAARSHE | रु ३९९,९९० |
| 75″ | QA75Q7FAARSHE | रु २८९,९९० | |
| 65″ | QA65Q8FAARSHE | रु २५५,९९० | |
| 55″ | QA55Q8FAARSHE | रु १८२,९९० | |
| UHD | 65″ | UA65U8500FRSHE | रु १४५,९९० |
| 55″ | UA55U8500FRSHE | रु ९९,९९० | |
| 43″ | UA43U8500FRSHE | रु ७४,९९० | |
| FHD | 43″ | UA43F5550FUXXL | रु ५४,९९० |
| HD | 32″ | UA32H4570FUXXL | रु ३८,९९० |
थप सामसङ इन्स्टा फैनान्स सेवा (Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित) मार्फत ग्राहकहरूले नयाँ QLED TV सजिलै EMI मा प्राप्त गर्न सक्छन् । मासिक किस्ता रु ९९२७ बाट सुरु, शून्य प्रतिशत ब्याजदरमा । प्रक्रिया सजिलो छ, जसका लागि नागरिकता मात्र आवश्यक हुन्छ ।
नयाँ सामसङ QLED TV लिन इच्छुक ग्राहकहरूले आफ्ना पुराना टिभीहरू अर्कोस्टोर वा नजिकैको आधिकारिक सामसङ रिटेल स्टोरमार्फत साटासाट गर्न पनि सक्नेछन् ।

